रुपन्देहीमा ५ जनाको हत्या

सांकेतिक तस्विर

काठमाडाैं । रुपन्देहीमा ५ जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारमा पाँच जनाको धारिलाे हतियार प्रयाेग गरि हत्या भएको प्रहरीले जनाएकाे छ ।

कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनापछि फार्ममा काम गर्ने एक जना फरार छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Facebook Comments