काठमाडौं । बनेपामा डेरा गरी बस्ने एक अविवाहित किशोरीले बच्चा जन्माएकी छन्। रामेछाप जिल्ला मन्थली घर भई बनेपा ७ मा डेरा गरी बस्ने ती १७ वर्षीया ती किशोरीले शनिबार राति छोरालाई जन्म दिएकी हुन्।
९ महिनासम्म गर्भ लुकाएर बसेकी युवतीले अस्पतालमा बच्चा जन्माएपछि भने सबै पोल खुलेको छ। खासमा उनलले जन्म दिएको बच्चा आफ्नै बाबुको भएको खुलासा भएको हो।
कारवाही नगर्ने भए मात्रै बताउने भने पछि प्रहरीले उनलाई कसैलाई केहि नहुने विश्वास दिलाएर बाबुको गर्भ भएको पत्ता लगाएको थियो । ४० बर्षिय कामी थरका उनका बुवाले पनि आफ्नै छोरीलाई गर्भ बोकाएको स्विकारेका छन् । उनी निर्माण क्षेत्रका मजदुर हुन् भने श्रीमती र छोरी होटल मजदुर हुन् ।
अबैद्य गर्भ बोकाई जर्बजस्ति करणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै पक्राउ गरेको छ ।
‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नियन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भने–‘परिवारका अन्य सदस्यहरुको समेत ब्यवस्थापन गर्ने गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।’
शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भनेपछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्यायो । तत्काल उनको पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताए पछि आमा छाँगाबाट खसे झै भईन । उनले पटक पटक छोरीलाई नियमित महिनावारी भएको नभएको सोधेको भए पनि उनले झुक्याउँदै आएकी थिईन् ।
अस्पताल लैजान बाबु नै अघि सरेका थिए । प्रहरीले अनुसन्धान गरे पछि मात्रै उनको गर्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो । ‘मैले साउन देखि छोरीसँग नियमित सम्पर्क गर्दै आएको हुँ, पेटमा भएको बच्चा मेरै हो’–प्रहरीसँग बाबुले स्विकारेका छन् ।
बालिकाको आमाको पित्त थैली निकालिएको छ । ढाडको अप्रेसन गरिएको छ । आमा रोगि भए पछि बाबुले जर्बजस्ति नियमित सम्पर्क गरिरहे पनि कसैलाई भन्न नसकेको बालिकाले बताएकी छिन् । उनिहरु एउटै कोठामा बस्छन् । ८ वर्षको छोरा र १३ वर्षको छोरी सँगै थिए । चार छोरी मध्ये उनि माईली हुन् । एउटी छोरीको रामेछापको मन्थलीमै विवाह भएको छ ।
‘उसलाई प्रहरीले थुनेपछि हामीले आत्महत्या गर्नु बाहेक अर्को विकल्प छैन’–बालिकाको आमाले प्रहरीलाई बताईन । तत्काल प्रहरीले उनि सहित बच्चाहरुलाई ओरेक नेपाल मार्फत माईती नेपालको जिम्मा लगाएको छ । बालिकाको आमाको पिसिआर परिक्षण पछि मात्रै पठाईने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले बताए। न्यजअफ नेपालबाट
Facebook Comments