७ हजार ५९ नेपाली गण्डकी प्रदेश भित्रिए

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भारतमा रोजगारीका लागि गएका गएका ७ हजार ५९ जना बन्दाबन्दीकै बीचमा गण्डकी प्रदेशमा प्रवेश गरेको बताएका छन् । गण्डकी प्रदेशमा जारी छेटौं अधिवेशनको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यो जानकारी दिएका हुन् ।

मन्त्री चुमानका अनुसार हिजो मात्रै ३ सय १ भारतबाट र तेस्रो मुलुकबाट २८ जना गण्डकी प्रदेश छिरेका छन् । बाह्य मुलुकबाट प्रदेश आउनेहरको संख्या बढ्दै जान थालेपछि गण्डकीका क्वारेन्टिन भरिभराउ हुन थालेको उनले सुनाए ।

‘संक्रमित संख्या बढी रहेको छ, मैले पाएको जानकारी अनुसार आज बिहानसम्म ११५ पुगेको छ,’ उनले भने । सोमबार बिहान मात्रै पोखरा महानगरपालिका वडा नम्बर ९ का ४२ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी जेठ १६ गते वेहलिया नाका हुँदै पोखरा महानगरपालिका छिरेको उनले जानकारी दिए ।

Facebook Comments