प्युठान । प्युठानमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको जिल्लाका ३८ जनाको स्वाब परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
कार्यालयका प्रमुख विशाल सुवेदीका अनुसार संक्रमित सबै प्युठान नगरपालिका भित्रका हुन् । प्युठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना २ वर्षीया बालिका र अन्य १५ वर्षदेखि ३६ वर्षका पुरुष छन् ।
उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यसअघि जिल्लाको सरुमारानी गाउँपालिकामा एकजना, माण्डवी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका एक जना गरी ४ जना संक्रमित रहेका थिए । नयाँ थपिएका सँगै प्युठानमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
Facebook Comments