संक्रमितको सम्पर्कमा आएपछि मन्त्री, सांसददेखि सुरक्षाकर्मीकाे स्वाब संकलन

काठमाडाैँ । कास्कीका कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरिएको छ। ट्रेसिङका क्रममा प्रदेश मन्त्री, नेता, प्रदेश सांसद, समाजका अगुवा, सुरक्षाकर्मी देखि प्रोफेसरसम्म उनको सम्पर्कमा आएको भेटिएको छ।उनी काठमाडौंमा उपचाररत छन्।

पोखराका ६५ वर्षीय ती पुरुष वरिष्ठ अधिवक्ता हुन्। उनी पीएन क्याम्पसमा प्राध्यापकका रुपमा कार्यरत छन्। उनलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार कास्कीमा अन्य ४ जना संक्रमित छन्। ४ जनाको अवस्था सामान्य छ। उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। अब कास्कीमा संक्रमितको कुल संख्या ५ पुगेको छ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले संक्रमितको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरेको जानकारी दिए। ५० जनामध्ये को को छन् भन्ने चाहीँ खुलाएनन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.