कोरोना संक्रमितको संख्या बढेसंगै ९९ औं स्थानमा पुग्याे नेपाल

coronavirus-thumb-img

काठमाडौं । विश्वमा नेपाल कोरोना संक्रमितको सूचीमा सयभन्दा अगाडि आइपुगेको छ । आइतबार थप १ सय ६६ जनामा संक्रमण देखिएपछि नेपाल अर्को सार्क सदस्य राष्ट्र श्रीलंकाभन्दा पछाडी ९९ औं स्थानमा आइपुगेको हो ।

हालसम्म विश्वको सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने सार्क सदस्य राष्ट्रमा भारत अगाडि रहेको छ । संक्रमित र मृतक दुवैको शीर्षस्थानमा अमेरिका रहेको छ । त्यस्तै मृतकको सूचीको दोस्रो स्थानमा बेलायत रहेको छ भने संक्रमितको सूचीमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म संक्रमित संख्या ५ लाख नाघिसकेको छ । त्यस्तै रसियामा संक्रमित संख्या ४ लाख नाघेको छ ।

रसिया पछि संक्रमित धेरै हुनेमा स्पेन, बेलायत, इटाली, भारत, फ्रान्स, जर्मनी, पेरु रहेका छन् । मृतकहरुको सूचीअनुसार शीर्षस्थानमा रहेको अमेरिकापछि बेलायत, इटाली, ब्राजिल, फ्रान्स, स्पेन, मेक्सिको, बेल्जियम, जर्मनी र इरान क्रमशः टप टेनसूचीमा परेका छन् । विश्वभर नै कोरोना संक्रमितको संख्या बढिरहेकाले यसको महामारी अझै फैलनसक्ने खतरा पैदा भइरहेको छ ।

Facebook Comments