संसारकै ठूलो गुप्तांग भएका व्यक्तिलाई पाइन्टमा गैरकानुनी वस्तु लुकाएको आशंकामा समातियो

काठमाडौं। अमेरिकी अभिनेता नजोनाह फाल्कनलाई विमानस्थलमा सुरक्षा जाँचको क्रममा निकै अप्ठ्यारो र विचित्र स्थितिको सामना गर्नुपरेको छ । खासमा जाँच टिमलाई फाल्कनले आफ्नो पाइन्टभित्र केही कुरा लुकाएको र त्यो लुकाइएको कुरा गैरकानुनी हुन सक्ने आशंका थियो । त्यसैले सुरक्षाकर्मीले उनलाई समाते र उनको तलाशी लिइयो । तर, जाँचमा उनको गुप्तांग निकै ठूलो भएकोले उनले पाइन्टभित्र केही कुरा लुकाएको जस्तो देखिएको खुलासा भयो ।

स्विडिस पडकास्ट शो गल्डट्याण्ड्ससँग एक साक्षत्कारमा फाल्कनले आफूसँग भएको यो घटनाबारे बताएका हुन् । द सनमा प्रकाशित एक रिपोर्टका अनुसार फाल्कनले पडकास्ट शोमा यो घटना २०१२ मा सान फ्रान्सिस्को विमानस्थलमा भएको बताएका छन् । उनले शोमा भने ‘सुरक्षाकर्मीहरुले मेरो अंगका कारण मलाई शंकास्पद व्यक्तिको रुपमा देखे र लाइनबाट अलग गरेर मेरो तलाशी लिन लागे ।’

फाल्कनले भने ‘ठूलो गुप्तांगका कारण मेरो पाइन्टमा असामान्य उभार थियो जसलाई देखेर सुरक्षाकर्मीले सोधे तिम्रो खल्तीमा के छ ? मैले केही छैन भनें । त्यसपछि तलाशीको लागि मलाई लाइनबाट अलग गरियो । जाँचपछि उनीहरुले मैले पाइन्टमा केही पनि लुकाएको छैन बरु मेरो गुप्तांग निकै ठूलो छ भन्ने थाहा पाए ।’

रिपोर्टका अनुसार ५१ वर्षका जोनाह फाल्कन एक अमेरिकी अभिनेता र टेलिभिजन प्रस्तोता हुन् । फाल्कनले १९९९ मा आफ्नो गुप्तांग संसारमै सबैभन्दा ठूलो भएको दावी गरेका थिए । यो दावीपछि उनले संसारभरी चर्चा पाएका थिए । फाल्कनको दावीअनुसार उनको गुप्तांगको लम्बाइ सामान्य अवस्थामा ८ इन्च र उत्तेजित हुँदा साढे १३ इन्च हुन्छ ।

Facebook Comments