कांग्रसले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालय अब नेकपा (एस)को भागमा (मन्त्रालयको सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

बिहीबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रालय भागवण्डामा कुरा मिलेको हो ।

अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित चार मन्त्रालय माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको भागमा परेको हो ।

संघीय सरकारमा नेकपा एसले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने निश्चित भएको हो ।

सरकारमा नेकपा एसबाट चार मन्त्री र एक राज्यमन्त्री सहभागी हुनेछन् ।

Facebook Comments