काठमाडौं । चीन सरकारले दिने भनेको १६ लाख डोज अनुदानको खोप नेपाल सरकारले अहिलेसम्म प्राप्त गरेको छैन ।
कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीनले १६ लाख डोप खोप नेपाललाई अनुदान दिने घोषणा गरेको थियो । तर नेपाल सरकारले नेपाल चीनबीच हुम्लाको नाम्खामा भएको सीमा विवाद अध्ययन गर्न कार्यदल गठन गरेपछि चीन चिढिएको छ ।
प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा चिनियाँ राजदूत होउ यान्छीले १६ लाख भेरोसेल खोप उपहार दिने घोषणा गरे पनि दिने/नदिने विषयमा पछिल्लो समय चीनले कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि चीनले दिने भनेको १६ लाख डोज भेरोसेल खोप आउने कुरा निश्चित भइनसकेको बताउँछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आरपी बिच्छाले चीनले अनुदानमा उपलब्ध गराउने खोप आउने कुरा टुंगो लागिनसकेको बताए ।
त्यस्तै अर्थ मन्त्रालय उच्च स्रोतकाअनुसार अर्थमन्त्री जनार्दन शर्माले सरकारसँग चीन रिसाएकाले १६ लाख अनुदानको खोप आउने कुरा अनिश्चित रहेको छ । अर्थमन्त्री शर्माले चीन पछिल्लो समय रिसाएको छ भन्ने गरेका छन् । त्यसको कारण सीमा विवाद हुन सक्ने मन्त्रालयका अधिकारी बताउँछन् ।












Facebook Comments