यूके, अमेरिका र अस्ट्रेलियाबीच भएको विशेष सुरक्षा सम्झौताले चीन डरायो

एजेन्सी । यूके, अमेरिका र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेपछि चीन डराएको छ ।

सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिएको छ। ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेटिएको छ । जसकारण चीन अत्याधिक डराएको छ ।

एजेन्सी । चीनले उक्त परमाणु सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने दाबी गरेको छ। साथै चीनले त्यसले आणविक अप्रसार कार्यलाई पनि आघात पुर्‍याउने दाबी गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई ‘एकदमै गैरजिम्मेवार कार्य’ रहेको समेत बताएको छ । उनले भने, ‘यसले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्नेछ र हतियारको दौडलाई तीव्र बनाउनेछ।’

यूके, अमेरिका र अस्ट्रेलियाले गरेको उक्त परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ।

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन्। पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ। सन् २०१६ मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो।

यसअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले इन्डो-प्यासिफिक क्षेत्र अझ जटिल बनेको र नयाँ सहकार्यले अस्ट्रेलियालाई आफ्नो सुरक्षा आवश्यकता पूर्ति गर्न सहयोग पुर्‍याउने बताएका थिए।

बेइजिङस्थित बीबीसीका एकजना संवाददाताका अनुसार उक्त सम्झौताले गर्दा क्षेत्रीय सैन्य र हतियारको दौड सुरु हुनसक्ने चिन्तालाई बढाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.