एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय ८६

काठमाडौं- भारतबाट भित्रिनेकाे संख्या बढेसँगै काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ। एकैदिन ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो। कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.