२२ वर्षीया युवतीद्वारा आत्महत्या

बुटवल । बुटवलमा एक युवतीले आत्महत्या गरेकी छिन । बुटवल उपमहानगरपालिका- ७ दिपनगर कि २२ वर्षीया प्रियंका रानाले आज राती आफ्नै घरको कोठामा फङ्खामा चुन्नीको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनले के कारणले आत्महत्या गरेकी हुन्न भन्ने अझै न खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

लकडाउन चलिरहेको समयमा रुपन्देहीमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार रुपन्देहीमा गत चैत अर्थात् लकडाउन सुरु भएदेखि हालसम्म ३० जना भन्दा बढीले आत्महत्या गरेका छन् ।

Facebook Comments