जनकपुरधाम । प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजी गर्दै सयौंको सँख्यामा मानिसहरु नेपाल प्रवेश गरेका छन् । लकडाउनका प्रभावित भएर भारतमा कामको शिलशिलामा गएका नेपाली नागरिकहरु धनुषाको जटही नाकाबाट प्रवेश गर्दै प्रधानमन्त्री ओली विरुद्ध चर्को नारावाजी गरेका हुन् ।
सयौंको सँख्यामा रहेका नेपाली नागरिकहरु प्रधानमन्त्री ओली मूर्दावाद, केपी ओली हाय हाय जस्ता नारा लगाउँदै जनकपुर तर्फ प्रस्थान गरेका हुन् । धनुषा प्रशासनले नेपाल भारतको सीमामा फँसेका नागरिकहरुलाई जिल्ला प्रवेश गराउने निर्णयपछि दिनहुँ सयौंको सँख्यामा नागरिकहरु नेपाल आउन थालेका हुन् ।
लकडाउनका कारण सवारी साधन चल्न नसकेपछि आफ्नो घर फर्कदै गर्दा एक नेपालीको जटही नाकामै मृत्यू भएको हो । भोकको कारण उनको मृत्यू भएको प्रशासनले जनाएको छ ।
भारतबाट विगत ६ दिनदेखि हिँडदै आएका धनुषाका एक युवकको भोकले मृत्यू भएपछि आक्रोसित नागरिकहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्को नारावाजी गर्दै क्वारेन्टाइनस्थलबाट जनकपुरको लागि प्रस्थान गरेको थियो ।
प्रशासनले केही बेरमै अधिक फोर्स पठाएर उनीहरुलाई धनुषाको नगराइनमा रोकेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । उनीहरुले सरकारले आफ्नो नागरिकको उचीत व्यवस्थापन गर्न नसकेको भन्दै प्रधानमन्त्री विरुद्ध नारावाजी गरेका हुन् ।
जटही नाकामा क्वारेन्टाइन स्थापना गरिएपनि नेपाली नागरिकको अधिक चापका कारण उनीहरुको खानाको व्यवस्था गर्न सरोकारबाला निकाय असक्षम भएको देखिएको छ । विगत ३/४ दिनदेखि समेत जटही नाकामा भारतबाट आएर आफ्नै देशमा अलपत्र परेका युवाहरु पनि भोकै बस्न बाध्य भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले दैनिक दुई टाईम विहान १० बजे र साँझ ६ बजे मात्र बस सेवा सँचालन गरी सम्बन्धित पालिकामा पुरयाउने गरेको छ ।
यता, सम्बन्धित पालिकामा पुरयाएपनि पालिकामा क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्दा खुल्ला आकाशमुनी आफ्नै गाउँमा पनि भोकै बस्न बाध्य भएको देखिएको छ । धनुषामा क्वारेन्टाइन व्यवस्थापन तीव्र गतिमा हुँदैछ । हरेक पालिकाहरुमा क्वारेन्टाइनको सँख्या र बेड सँख्या धमाधम थपिदै छ ।
'केपी ओली मुर्दावाद' भन्दै भारतबाट आएका नेपाली नागरिक सरकारविरूद्द खनिए ! #AbaJanataBolchhan #अबजनताबोल्छन्
Publiée par Nepalmedianews.com sur Mardi 26 mai 2020
Facebook Comments