फिलिपिन्समा चीनलाई झट्का!

एजेन्सी । मनिलास्थित चिनियाँ दूतावासले कोभिड–१९को अग्रपंक्तिमा कार्यरतहरुमाथि समर्पित गर्दै एक म्युजिक भिडियो जारी ग‍र्याे । तर, उक्त भिडीयोले फिलिपिनी इन्टरनेट प्रयोगकर्ताहरूमा राम्रो प्रभाव पार्नुभन्दा पनि उनीहरुलाई चीनप्रति झन् क्रृद्ध बनाइदिएको छ । कारण, उक्त गीतमा दक्षिण चीन सागरको सन्दर्भ जोडिएको छ जसलाई स्थानीयले फिलिपिन्स सागर भनेर चिन्छन् ।

‘आईसांग डागत’ अर्थात् ‘एक समुद्र’ बोलको उक्त गीतको शाब्दिक रचना चिनियाँ राजदूत एच.ई. द्वारा गरिएको हो भने दूतावासमै कार्यरत चिनियाँ कूटनीतिज्ञ हुआबलन जिलियान र केही फिलिपिनी तथा चिनियाँ कलाकारहरुद्धारा संयुक्त रुपमा गाईएको हो ।

गीतमा दुई देशहरूबीचको मित्रता र महामारीको सामना गर्न पारस्परिक सहयोगको कुरा गरिएको छ । चिनियाँ दूतावासले ट्वीटरमा उक्त गीत पोस्ट गर्दै लेख्यो कि गीतमा उल्लेख भएजस्तै समुद्र वारी र पारीको दुई छिमेकीले आपसी सहकार्यमा यथाश्रीघ चाँडो महामारीलाई जित्ने छ । तर फिलिपिनीहरुले यसलाई समुंद्री क्षेत्रमाथि फिलिपिन्सको दावीलाई कमजोर पार्ने आशंकाको दृष्टिले हेर्दै उक्त भिडीयोको व्यापक बिरोध गरेका छन् । चीनले फिलिपिन्सको समुद्री क्षेत्रमा अनाधृकित कब्जा गरेकोले त्यहाँ चीन विरोधी भावना बद्दै गईरहेको छ ।

यस्तो अबस्थामा समुद्रसँग सम्बन्धित म्युजिक भिडीयो जारी हुँदा फिलिपिनीहरुको चीनविरोधी भावनालाई एक पटक पुुनः सतहमा ल्याइदिएको छ । उक्त म्युजिक भिडीयोमा २ लाखभन्दा बढी डिस्लाईक गरिएको छ भने ४ हजारभन्दा कम लाईक गरिएको छ ।

Facebook Comments