अर्थमन्त्री शर्माको श्वेतपत्र अग्रगामी गफाडीको गफ : पूर्वअर्थमन्त्री लोहनी

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश चन्द्र लोहनीले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रलाई अग्रगामी गफाडीको गफको संज्ञा दिएका छन्। अग्रगामी अर्थमन्त्रीले आफूभन्दा अगाडिको अग्रगामीलाई सराप्ने काम गरेको उनले जानकारी दिएका छन्।

त्यसो त लोहनीले श्वेतपत्रमा उल्लेख कथिपय बुँदाहरु सही रहेको बताएका छन्। ऋणमा व्यापक वृद्धि, र आयात र उपभोग केन्द्रीत अर्थतन्त्रबारे अर्थमन्त्री शर्माकको चिन्ता ठिक रहेको उनले उल्लेख गरेका छन्।

‘हरेक अग्रगामी अर्थमन्त्रीले आफुभन्दा अगाडीको अग्रगामीलाई सराप्ने काम गरेजस्तै उनले पनि गरेका छन्, यद्यपी उनले राखेका कतिपय बुँदाहरु सहि छन्। मुलत ऋणमा व्यापक वृद्धि , आयात र उपभोग केन्द्रित अर्थतन्त्रबारे उनको चिन्ता ठिक छ,’ लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्।

लोहनीले यसबारे वर्तमान सरकार साँच्चिकै गम्भीर हो भने यो वर्ष साधारण खर्च कम से कम एक खर्ब घटाउँछु भनेर अर्थमन्त्री शर्माले आँट गरे त्यसको स्वागत गर्नुपर्ने बताएका छन्। त्यस्तै उनले कहाँ घटाउने भन्ने कुरा डा. डिल्ली खनालको खर्च सम्बन्धि प्रतिवेदन हेरे पुग्ने पनि उल्लेख गरेका छन्।

‘तर खर्च घटाउने कुरो श्वेतपत्रमा गम्भीरताका साथ लिएको छैन। यदि यहि प्रवृत्ति रह्यो भने शर्माको श्वेतपत्र पनि अरु पुरानो अग्रगामी श्वेतपत्र जस्तो अग्रगामी गफाडीको गफ हुनेछ,’ उनले थपेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.