विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, आजै पदवहाली गर्ने तयारी

google

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमवारको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर २०७७ साल भदौँमा प्राधिकरणबाट बिदा भएका उनी दोस्रो कार्यकालका रुपमा प्राधिकरण प्रवेश गरेका हुन् ।

उनको पदबहाली आजै गरिने तयारी गरिएको स्रोतले बताएको छ ।

Facebook Comments