रुपा सुनार प्रकरणमा मुछिएका मन्त्री श्रेष्ठले भने -आइन्दा यस्तो गल्ती गर्दिनँ

काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस भएको भन्दै आइन्दा यस्तो गल्ती नगर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

Facebook Comments