बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ। गत २४ घण्टामा मात्र ६ हजार ९ सय ३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा ७, झापामा ११८, ताप्लेजुङमा २०, तेह्रथुममा ३१, धनकुटामा २२, पाँचथरमा २१, भोजपुरमा ६, मोरङमा ४१०, संखुवासभामा ३७, सुनसरीमा १८६ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ९५, पर्सा २७, बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६ र सिरहामा ८३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २३३, चितवनमा १९८, दोलखामा ४५, धादिङमा १८८, नुवाकोटमा १६५, भक्तपुरमा २६५, मकवानपुरमा १०२, रसुवामा ५, रामेछापमा ४४, ललितपुरमा ३६४, सिन्धुपाल्चोकमा १५० र सिन्धुलीमा ८२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५८, गोरखामा २६, तनहुँमा ६१, नवलपरासी पूर्वमा ५८, पर्वतमा ३८, मुस्ताङमा १, म्याग्दीमा २०, लमजुङमा ४८, बागलुङमा ५ र स्याङजामा ३८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा ६६, गुल्मीमा १७५, दाङमा ६५, नवलपरासीमा ८, पाल्पामा ६६, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३०, रुकुम पूर्वमा २, रुपन्देहीमा १४० र रोल्पामा ६ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ६, जाजरकोटमा १, जुम्लामा २, दैलेखमा २५, रुकुम पश्चिमा १२, सल्यानमा ४२ र सुर्खेतमा १२४ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ९७, कञ्चनपुरमा २९, कैलालीमा ११२, डडेल्धुरामा २३, डोटीमा ९, दार्चुलामा २५, बझाङमा १ र बैतडीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.