पछिल्लो २४ घण्टामा ७२२६ संक्रमित निको भए

काठमाडौं । नेपालमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको दर बढी देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्। यस्तै थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार निको भएका ७ हजार २२६ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ। देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.