Year: 2021

चीनमा कालो बजारी : उइगर मुस्लिमहरुको शरीरका विभिन्न अंग करोडौंमा बिक्रि

चीनमा कालो बजारी : उइगर मुस्लिमहरुको शरीरका विभिन्न अंग करोडौंमा बिक्रि

एजेन्सी । चीनको सिन्जियाङ प्रान्तमा उइगर मुस्लिम र अन्य धार्मिक अल्पसंख्यक मानिसहरुका अंगप्रत्याङ्ग बिक्रि वितरण हुने गरेको खुलासा भएको छ । चीनमा अल्पसंख्यक मुस्लिम समुदाय र अन्य धार्मिक अल्पसंख्यकका अंग प्रत्यारोपणका लागि कालो बजारीमा बिक्रि वितरण भइरहेको खुलासा भएको हो । उनीहरुको अंग प्रत्यारोपणका लागि कालो बजारीमा लाखौं डलरमा बिक्रि वितरण भइरहेको विभिन्न रिपोर्टले देखाएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एनी न्युज र हेराल्ड सनमा प्रकाशित रिपोर्टअनुसार चीनको कालोबजारमा अल्पसंख्यक मुस्लिम र धार्मिक समुदायका कलेजोहरु बिक्रि वितरण हुने गरेका छन्। सो समुदायका स्वस्थ्य मानिसको कलेजो करिब १ लाख ६० हजार अमेरिकी डलरमा बिक्रि हुने…
Read More
अभिनेता पुनितको मृत्यु प्रकरणले गर्‍यो नयाँ खुलासा, जिममा जानेहरु होसियार!

अभिनेता पुनितको मृत्यु प्रकरणले गर्‍यो नयाँ खुलासा, जिममा जानेहरु होसियार!

एजेन्सी । कन्नड फिल्म अभिनेता तथा युथ आइकन पुनीत राजकुमारको आकस्मिक मृत्युले धेरै प्रश्न खडा गरेको छ । राम्रो स्वास्थ्य र शरीरको चाहनामा जिम जाने मानिसले केही कुरामा ध्यान दिनुपर्ने चर्चा पनि भइरहेको छ । पुनीत राजकुमारलाई निकै फिट मानिन्थ्यो तर ४६ वर्षको उमेरमा अचानक मृत्यु भएपछि धेरै अचम्मित भएका छन् । दुई महिनाअघि सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको निधन हुँदा पनि यस्तै प्रश्न उठेको थियो । ४० वर्षीय सिद्धार्थ एक चर्चित टिभी कलाकार र होस्ट थिए र एकदम फिट देखिन्थे। पुनीतले जिम गर्दा छाती दुख्ने समस्या देखिएपछि पहिलोपटक चिकित्सक र प्रख्यात मुटुरोग विशेषज्ञ रमन्ना रावलाई सम्पर्क गरे। रावले…
Read More
नेपाल–भारत आवतजावतका लागि नयाँ नियम लगाइँदै

नेपाल–भारत आवतजावतका लागि नयाँ नियम लगाइँदै

काठमाडौं । सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो। खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। सक्रममा नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव आएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने…
Read More
यू–२३ एसियन कप छनोट : नेपाल र लेबनान भिड्दै

यू–२३ एसियन कप छनोट : नेपाल र लेबनान भिड्दै

काठमाडौं । यू–२३ एसियन कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ। खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइबतार दिउसो पौने ५ बजे सुरु हुनेछ। नेपाल र लेबनान प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्न असफल भइसकेका छन्। आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ। छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो। आफ्नो दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराथित हुँद्र प्रतियोगिताबाट बाहिरिएको थियो। कुनै अंक जोड्न नसकेको नेपाल समूहको पुछारमा छ। लेबनान पनि अंक विहीन रहेको छ। लेबनान तेस्रो स्थानमा रहेको छ। यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा…
Read More
गैरआवसीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह : ‘बेलायती लगानी भित्र्याउन लाग्नुस्, सरकारले आवश्यक सुविधा दिन्छ’

गैरआवसीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह : ‘बेलायती लगानी भित्र्याउन लाग्नुस्, सरकारले आवश्यक सुविधा दिन्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा शनिबार यहाँ भएको कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए । गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण…
Read More
काठमाडौंका एसएसपी सरुवा विवाद : प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी भएको हो ?

काठमाडौंका एसएसपी सरुवा विवाद : प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी भएको हो ?

काठमाडौं । प्रहरी सरुवाको विषयमा प्रधानमन्त्रीसँग आफ्नो कुनै पनि असमझदारी नभएको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन्। यसका साथै प्रधानमन्त्रीको निर्देशन अनुसार नै आफूले काम गर्ने र सहज रुपमा लिने स्पष्ट पारेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहको ११ महिनामै सरुवा भएपछि प्रधानमन्त्रीले रोकेका थिए। यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी बढेको अनुमान गरिएको थियो। शनिबार गृहमन्त्रालयमा आयोजित सुरक्षा सम्बन्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले पत्रकारको जिज्ञासा समाधान गरेका थिए। प्रहरीका लेखापाल तथा समय पुगेका अन्य पदमा पनि सरुवा नभएको भन्ने जिज्ञासामा उनले भने, ‘बुझेरै गरौं, मापदण्ड बनाएर गरौं भन्ने रामो मनसायले नै ढिला भएको हो। बढुवाका लागि कार्यसम्पादन…
Read More
विश्व सहरीकरण दिवस : सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर

विश्व सहरीकरण दिवस : सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर

काठमाडौं : आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदान–प्रदान गर्दै सहरी विकासका लागि योगदान पु¥याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ । ‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो । यस वर्ष ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदै छ । संसारभर बाढी, खडेरी, समुन्द्री सतहमा आएको वृद्धि, बढ्दो गर्मी, पहिरो तथा आँधी जस्ता जलवायु सम्बन्धी प्रकोपको असर बढ्दै गएको सन्दर्भमा विश्व सहरीकरणको दिवसले खास अर्थ राख्छ । व्यवस्थित आवास, यातायात,…
Read More
क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप दिने

क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप दिने

एजेन्सी : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए । कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन् । प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १ करोड डोज तत्काल उपलब्ध गराउने उनले बताए । क्यानडाले दक्षिण अफ्रिकामा खोप उत्पादन बृद्धिमा सहयोग गर्न १ करोड ५० लाख डलर सहयोगसमेत प्रदान गर्ने भएको छ । अफ्रिकामा अझै पनि आधाभन्दा बढी जनसंख्याले खोप लगाउन पाएको छैन् । अगस्टमा अमेरिकी कम्पनी मोडेर्नाले देश बाहिर पहिलो पटक क्यानडामा खोप बनाउन सुरु गर्ने जनाएको थियो ।
Read More
इंग्ल्याण्डकाे लगातार तेस्रो जित

इंग्ल्याण्डकाे लगातार तेस्रो जित

काठमाडौं : इंग्ल्यान्डले आइसिसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १२६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए । यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो । अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए । इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक…
Read More
साढे सात अर्बकाे भेरी पम्पिङ खानेपानी आयोजना, तिहार लगत्तै टेण्डर हुने

साढे सात अर्बकाे भेरी पम्पिङ खानेपानी आयोजना, तिहार लगत्तै टेण्डर हुने

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगर भएसँगै दिनहुँजसो जनघनत्व बढ्दै गएको छ । प्रदेशमा बढ्दो जनसंख्यासँगै पानीकाे पनि अभाव हुँदै गएको छ । त्यसका लागि भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बने पनि अब भने त्यसले सार्थकता पाउन लागेको हो । आयोजनाको निर्माण पूर्वको कामले गति लिएको हो । योसँगै आयोजनाको भौतिक संरचना निर्माणको बाटो खुलेको छ । विश्व बैंकको लगानीमा बन्न लागेको उक्त आयोजना निर्माणको काम छिट्टै सुरू हुने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । ‘प्राविधिक रिपोर्ट तयार भयो,’ उनले भने, ‘उपभोक्ताका तर्फबाट थालिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.