Year: 2021

नेपाल एयरलाइन्सले घटायाे हवाइ भाडा

नेपाल एयरलाइन्सले घटायाे हवाइ भाडा

अछाम : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएकाे हाे । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ । समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।
Read More
कस्ताे छ आजकाे माैसम ?

कस्ताे छ आजकाे माैसम ?

काठमाडौं : आज सोमबार मुलुकका केही भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको…
Read More
डिप्रेसन र बाँझोपनबाट छुटकारा पाउन अपनाउनु यस्ता उपाय

डिप्रेसन र बाँझोपनबाट छुटकारा पाउन अपनाउनु यस्ता उपाय

काठमाडौं । योग साधनाबाट जीवन र स्वास्थ्यमा थुप्रै फाइदा प्राप्त गर्न सकिन्छ भन्ने कुराको उदाहरण प्रशस्त हामीले देखेका छौँ । नियमित योग साधनाले गर्भपतन पनि रोकिने तथ्य पत्ता लागेको छ । यस्तै पुरुषको प्रजनन् क्षमता बढ्ने छ । यसका साथै आनुवांशिक कारणले हुने डिप्रेसनका लागि पनि योगले एक थेरापी सरह काम गर्ने छ । हालै गरिएको दुई अध्ययनले यी कुराहरु पत्ता लगाएको हो । योगले बाँझोपन, आनुवांशिक डिप्रेसन र रुमेटाइड अर्थराइटिसजस्ता समस्यालाई थेरापीको रुपमा काम गर्ने अध्ययनले देखाएको छ । योगका कारण परिवारमा खुशी योगले पुरुषमा भएको बाँझोपनको समस्यालाई पनि समाधान गर्न सक्छ । योगसँग बाँझोपनको सम्बन्ध बुझ्नका लागि कयौँ…
Read More
संखुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ

संखुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । आज दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइराखेका अवस्थामा राजश्व छली गरेर ल्याएको पिबिओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।…
Read More
८ वर्षको सम्बन्धमा प्रेमीले एक पटक पनि प्रपोज नगर्दा युवती पुगिन् अदालत

८ वर्षको सम्बन्धमा प्रेमीले एक पटक पनि प्रपोज नगर्दा युवती पुगिन् अदालत

एजेन्सी। एक युवती ८ वर्षसम्म सम्बन्धमा रहँदा पनि प्रेमीले एकपटक पनि प्रपोज नगरेपछि यति आक्रोशित भइन् कि उनले आफ्नो पार्टनरविरुद्ध मुद्दा हालिन् । २६ वर्षीय गर्ट्रुड न्गोमा र २८ वर्षीय हर्बर्ट सलालिकी करिब एक दशकदेखि एकअर्कालाई डेट गरिरहेका थिए। दुवैको एउटा सन्तान पनि थियो । यद्यपि, यस समयमा बच्चाको पालनपोषणको क्रममा हर्बर्टले प्रस्ताव गरेको वाचाहरू पूरा नगरेपछि उनीहरूको सम्बन्ध बिग्रियो। निराश महिला, गर्ट्रुडले आफ्नो प्रेमीको प्रतिबद्धता घटेपछि र जिम्मेवारीको बोझ बढेपछि आफ्नो प्रेमीलाई अदालतमा लैजाने निर्णय गर्छिन्। युवतीले आफ्नो समय खेर फालेको भन्दै प्रेमीविरुद्ध मुद्दा हालिन् । र, आफूले पर्खिरहेको तर प्रेमीले खुसी पार्न नसकेको गुनासो गरिन् । युवतीले जाम्बियाको…
Read More
यस्तो छ कार्तिक १५ गते सोमबारको राशिफल

यस्तो छ कार्तिक १५ गते सोमबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १५ गते सोमबारको राशिफल हेर्नुहोस् : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम…
Read More
सर्वोच्च पुगेका वकिलहरुलाई प्रहरीले लखेटे

सर्वोच्च पुगेका वकिलहरुलाई प्रहरीले लखेटे

काठमाडौं : सर्वोच्च अदालत पुगेका वकिल तथा सर्वसाधरणहरुलाई प्रहरीले लखेटेका छन् । बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्न सर्वोच्च पुगेका उनीहरुलाई प्रहरीले लखेटेको हो। प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्‍याएको बताइएको छ । अधिवक्ता स्वागत नेपालले रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेको जानकारी दिए। उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबारदेखि कानुन व्यवसायीहरु समेत आन्दोलित भएका छन्। उनीहरु हातमा कालो र सेतो पट्टी बाँधेर विरोधमा उत्रिएका छन्। यता केही कानुन व्यवसायीहरु भने इजलास सुचारुको माग गर्दै आन्दोलित छन्।
Read More
भोलिदेखि तीन मन्त्रीको पद चट् हुँदै

भोलिदेखि तीन मन्त्रीको पद चट् हुँदै

एजेन्सी । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।
Read More
आकाशमा अचानक आयो एलियनको उडन तश्तरी, उडिरहेको विमानको पिछा गर्न थाल्यो

आकाशमा अचानक आयो एलियनको उडन तश्तरी, उडिरहेको विमानको पिछा गर्न थाल्यो

काठमाडौं। अमेरिकी पाइलटहरुले आकाशबाट आएको एक चम्किलो वस्तुलाई आफ्नो क्यामेरामा कैद गरेको दावी गरेका छन् । पाइलटहरुले जतिबेला यो घटना क्यामेरामा रेकर्ड गरे त्यतिबेला उनीहरुको विमान आकाशमा उडिरहेको थियो । यो चम्किलो वस्तु एलियनहरुको उडन तश्तरी भएको दावी गरिएको छ। आश्चर्यजनक रुपमा यो चम्किलो वस्तु उक्त विमानको साथ–साथ ३० मिनेटसम्म उडिरह्यो । डेलीमेलको एक रिपोर्टअनुसार भिडियोमा मेक्सिकोमाथि उडिरहेको फेडेक्सका पाइलटहरुले आफ्नो क्यामेरामा एक चम्किलो वस्तुलाई कैद गरेका छन् । विशेषज्ञहरुले यो युएफओ हुन सक्ने बताएका छन् । केही विशेषज्ञहरुले यसलाई एलियनको उडनतश्तरी भएको बताएका छन् । १९ आर्च २०२० मा यी पाइलटहरुले मेक्सिकोको मन्टेरीनजिकै कार्गो विमान उडाइरहेका बेला यो वस्तु…
Read More
सीके राउत एकाएक किन पुगे प्रहरी शरणमा ?

सीके राउत एकाएक किन पुगे प्रहरी शरणमा ?

काठमाडौै । सीके राउत नेतृत्वको जनमत पार्टी हारगुहार माग्दै प्रहरीकाे शरणमा पुगेकाे छ । जनमत पार्टीको धनुषामा रहेको केन्द्रीय सचिवालयमा तोडफोड भएकाे भन्दै पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हाे। तोडफोडमा उत्रिएकाहरूलाई कारबाही गर्न पार्टीले माग गरेको छ। पार्टीले यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा अडियो र भिडियो प्रमाणसहित उजुरी दिएको जनाएको छ। आफ्नो सचिवालय आगजानी र तोडफोडमा उत्रिनेलाई यथाशीघ्र कारबाही गर्न पार्टीले माग गरेको छ। अन्यथा आक्रोशित जनताले केही कारबाही गरे त्यसको जिम्मेवार आफ्नो पार्टी नहुने पनि उसले चेतावनी दिएको छ। आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनीतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरूको समेत संलग्न देखिएको पार्टीले आरोप लगाएको छ। आज जनमत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.