Year: 2021

काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कृत, कार्गोका अध्यक्ष अधिकारी पक्राउ

काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कृत, कार्गोका अध्यक्ष अधिकारी पक्राउ

काठमाडौं : १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । अधिकारीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । एसएसपी सिंहका अनुसार पक्राउ परेका उनीमाथि १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोग रहेको छ। अधिकारीले ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीको भनाइ छ। उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको हो । उनीमाथि जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
Read More
प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग

प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजको दुरुपयोग गरिएको छ । प्रधानमन्त्री देउवाका पीएसओ नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) मानबहादुर धितालले देउवाकाे आधिकारिक फेसबुक पेजको दुरुपयोग गरेका हुन् । धितालले फेसबुक पेजको दुरुपयोग गर्दै आफ्नो फोटो राखी लेखेका छन्, ‘म शेख दुबई प्लेसको अगाडि छु।’ प्रधानमन्त्रीकाे सामाजिक सञ्जाल सञ्चालनमा सचिवालयले लापरवाही गरेकाे भन्दै आलाेचना भइरहेकाे छ । मुलुककाे कार्यकारी प्रमुखकाे सामाजिक सञ्जाल प्रयाेग गर्दा सचिवालय संवेदशील बन्नुपर्ने देखिन्छ ।
Read More
आज भएको दुर्घटनामा गम्भीर घाइते भएकी वलीलाई काठमाडौँ लगियो

आज भएको दुर्घटनामा गम्भीर घाइते भएकी वलीलाई काठमाडौँ लगियो

काठमाडौं : सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ । सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले…
Read More
प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने

प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने

काठमाडौं : बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस तीन जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म उजुरी दिन सकिनेछ । ११ कात्तिकको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि श्रीधर खत्री र भारतका लागि डा शंकरप्रसाद शर्मालाई नेपाली राजदूतमा सिफारिस गरेकोथियो । मन्त्रिपरिषद्को निर्णय अनुसार, १२ कात्तिकमा संसदीय सुनुवाइका लागि पत्र प्राप्त भएको थियो । ‘उहाँहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबूत प्रमाण सहित मिति २०७८ कात्तिक २६ गते…
Read More
महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

काठमाडौं : मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन्। प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ। वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि छनोट पनि सर्वसम्मत हुने जनाएको छ। भरतपुरस्थित नारायणी नदी किनारको मैदानमा महाधिवेशन उद्घाटन गर्ने तयारी एमालेको…
Read More
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

विराटनगर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार प्रदेससभाबाट विश्वासको मत लिँदै छन्। उनी गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ। पाण्डे कांग्रेस, माओवादी, जसपा नेकपा एसको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ। गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा…
Read More
विवादमा प्रधानन्यायाधीश : जबराको राजीनामाबाहेकमा सम्झौता नगर्न खबरदारी

विवादमा प्रधानन्यायाधीश : जबराको राजीनामाबाहेकमा सम्झौता नगर्न खबरदारी

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा रहेको बारलाई मुलुकभरका अदालत एक दिन ठप्प पार्नुपर्नेसम्मका सुझाव इकाई पदाधिकारीले दिएका छन् । जबराको राजीनामाबाहेकमा सम्झौता नगर्न उनीहरूले खबरदारी पनि गरेका छन् । बारले गत बुधबारसम्म दिइएको ‘अल्टिमेटम’ मा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलन कसरी अगाडि बढाउने भनेर इकाई पदाधिकारीहरूसँग छलफल गरिरहेको छ । बार महासचिव लीलामणि पौडेलका अनुसार आइतबार २५ इकाईका २९ पदाधिकारीको सुझाव लिइएको छ । सोमबार पनि इकाई पदाधिकारीबाट सुझाव लिने क्रम जारी रहनेछ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले पहिलो दिनको…
Read More
सल्यान बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै पहिचान खुल्यो

सल्यान बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै पहिचान खुल्यो

सल्यान : सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया…
Read More
कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

काठमाडौं : नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ । जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
Read More
प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दैछ । इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्ना, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव दिइसकेको छ । २६ कात्तिकमा इकाइमार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन पनि सर्वाेच्च बारको सुझाव छ । यद्यपि, नेपाल बारले दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.