Year: 2021

अब महाधिवेशन तालिका कुनै बहानामा सर्दैन : गगन थापा

अब महाधिवेशन तालिका कुनै बहानामा सर्दैन : गगन थापा

सिन्धुली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अहिलेको तालिका कसैले चाहेर पनि सार्न नसक्ने बताएका छन्। उनले समयमै महाधिवेशन गर्न नसके पार्टी वैधानिक रुपमा नै संकटमा पर्ने उल्लेख गर्दै पार्टीको अस्तित्व जोगाउन कुनै हालतमा तोकिएको समयमा महाधिवेशन गर्नु पर्ने धारण राखेका हुन्। नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको आमाको निधनप्रति दुःख व्यक्त गर्न सोमबार सिन्धुलीको रानीबासमा आएका नेता थापाले महाधिवेशन सकेर पुसको पहिलो साताभित्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने उल्लेख गरे। नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै सिन्धुली आइपुगेका थापाले भने, ‘१३ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारीलाई अब…
Read More
सुतिरहेको युवतीमाथि बलात्कार, तीन युवक पक्राउ

सुतिरहेको युवतीमाथि बलात्कार, तीन युवक पक्राउ

बेनी : म्याग्दीको बेनी-५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी २० दिनपछि पक्राउ परेका छन्। कात्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनिक गरेको हो। पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरिएको जानकारी दिए। ‘रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको कात्तिक ४ गते पिडीतले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान शुरु गरेका थियौं,’ उनले भने ‘जिल्ला अदालत…
Read More
आज पानी पर्ने सम्भावना

आज पानी पर्ने सम्भावना

काठमाडौं : नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।
Read More
शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका

शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका

काठमाडौं : भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् । महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ । हामी अरू कुराहरूलाई राम्रोसँग सम्हाल्न सक्षम भएका छौं, त्यसैले यो भाइरसलाई पनि नियन्त्रणमा राख्नको लागि हामीले आफ्नो शरीरमा पर्याप्त मात्रामा आवश्यक रोग(प्रतिरोधकहरू ९एन्टीबडी० उत्पादन गर्नुपर्ने हुन्छ, जसको लागि हामीले केही चीजहरू गर्न सक्छौँ । यो कोरोना भाइरसको औषधी होइन, तर यदि तपाईंले यी सरल चीजहरूको अभ्यास गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि ६ देखि ८ हप्ताको अवधिमा तपाईंको…
Read More
प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा नेपाल बार सहभागी नहुने भएको छ। बारले सोमबार उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको हो। जबरा निरन्तर विवादमा परेपछि बारले उनको राजीनामा माग गरिरहेको छ। जबराले राजीनामा नदिने बताएपछि बारले तिहारअघि विरोधका कार्यक्रम गरेको थियो। सोमबारबाट उक्त विरोध र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको छ। महासचिव लीलामणि पौडेलका अनुसार सोमबार बसेको बार बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी हटाउन माग गर्ने निर्णय पनि गरेको छ।
Read More
यस्तो छ कार्तिक २३ गते मंगलबारको राशिफल

यस्तो छ कार्तिक २३ गते मंगलबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक २३ गते मंगलबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु होला । खानपानमा ध्यान नदिँदा स्वास्थ्य खराब हुन सक्छ । अपराह्नपछिको समय तुलनात्मकरुपमा राम्रो देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसंग भेट घाट पनि हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,…
Read More
कसले गर्‍याे प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग ?

कसले गर्‍याे प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग ?

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजको दुरुपयोग गरिएको छ । प्रधानमन्त्री देउवाका पीएसओ नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) मानबहादुर धितालले देउवाकाे आधिकारिक फेसबुक पेजको दुरुपयोग गरेका हुन् । धितालले फेसबुक पेजको दुरुपयोग गर्दै आफ्नो फोटो राखी लेखेका छन्, ‘म शेख दुबई प्लेसको अगाडि छु।’ प्रधानमन्त्रीकाे सामाजिक सञ्जाल सञ्चालनमा सचिवालयले लापरवाही गरेकाे भन्दै आलाेचना भइरहेकाे छ । मुलुककाे कार्यकारी प्रमुखकाे सामाजिक सञ्जाल प्रयाेग गर्दा सचिवालय संवेदशील बन्नुपर्ने देखिन्छ ।
Read More
रक्सी ल्याउन नपाउँदा विमानस्थलका कर्मचारी कुट्ने सीईओमाथि मन्त्रीले लिए एक्सन

रक्सी ल्याउन नपाउँदा विमानस्थलका कर्मचारी कुट्ने सीईओमाथि मन्त्रीले लिए एक्सन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले मदिरा सेवन गरेर विमानस्थलका नायव सुब्बालाई कुटपिट गर्ने पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई घटनाबारे जानकारी गराउन मन्त्रालय डाकेका हुन्। सीईओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नासु सुमन थापामाथि हातपात गरेको खबर सार्वजनिक भएपछि सोधपुछका लागि मन्त्रालय डाकिएको मन्त्री आलेको सचिवालयले जनाएको छ। भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका सीईओ रेग्मीले विमानस्थलमा चेकजाँचका क्रममा नासु थापामाथि हातपात गरेका थिए। उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए । ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नासु थापाले रोकेका थिए। चेकजाँचका क्रममा थापाले ६ बोतल मदिरा…
Read More
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

रसुवा : नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन । कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै रसुवामा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक/दुई दिनमा देशभरका सबै जिल्ला र निर्वाचन…
Read More
आज ह्वात्तै बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज ह्वात्तै बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । तिहार सकिएलगत्तै सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ। तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तिहारपछि पहिलोपटक बजार खुलेको आज कात्तिक २२ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.