Year: 2021

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

काठमाडौं । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको…
Read More
सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

काठमाडौं । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो । अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रंग र प्रवृत्तिको चिरफार गर्दै अहिले पनि विभिन्न सरकारी कार्यालयमा सेवाप्रवाहका क्रममा घुसको लेनदेन हुने क्रम व्यापक रहेको आंैल्याएको छ । सरकारी आम्दानी खर्च, सार्वजनिक सम्पति, सार्वजनिक खरिद, निर्माण र सार्वजनिक सेवा प्रवाहका विविध क्षेत्रमा अनेक रूप, रंग र शैलीमा भ्रष्टाचारजन्य कार्य भइरहेको ठहर अख्तियारको छ । अख्तियारको सो प्रतिवेदनअनुसार आर्थिक वर्ष…
Read More
तीन न्यून चापीय प्रणालीको असर : आज भारी हिमपातको सम्भावना

तीन न्यून चापीय प्रणालीको असर : आज भारी हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बिहीबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ। शुक्रबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती…
Read More
राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङ्देन, कसलाई कसको साथ ?

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङ्देन, कसलाई कसको साथ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा ३ वटा अध्यक्ष छन। एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशन अन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। राप्रपामा केही पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ४९ जना निर्वाचनबाट छानिनेछन् भने केही पदाधिकारी र केन्द्रीय सदस्य गरी ५० जना मनोनयन गर्ने व्यवस्था छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र…
Read More
यस्तो छ मंसिर १६ गते बिहीबारको राशिफल

यस्तो छ मंसिर १६ गते बिहीबारको राशिफल

मेष आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । वृष अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईने छ । कर्कट आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । सिंह आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला…
Read More
चीनलाई चुनौती दिन अर्बौको परियोजना ल्याउने तयारीमा युरोपेली संघ

चीनलाई चुनौती दिन अर्बौको परियोजना ल्याउने तयारीमा युरोपेली संघ

पेरिस : युरोपेली संघ ईयुले चीनलाई चुनौती दिन अर्बौ युरो लगानी गर्ने योजना बनाएको छ। चीनको ‘बेल्ट एण्ड रोड पहल’ बिआरआईसँग प्रतिस्पर्धा ईयुले विभिन्न परियोजनामा अर्बौको लगानी गर्ने योजना बनाएको हो। चीनको बेल्ट एण्ड रोड पहलको प्रतिद्धन्द्धीको रुपमा ईयुले चाडै नै अर्बौको वैश्विक लगानी योजना सार्वजनिक गर्न लागेको बीबीसीले उल्लेख गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला वोन डेर लेयेनले ‘ग्लोबल गेटवे इनिसियटिभ’ नामक करिब १४ पेज लामो योजना प्रतिवेदन बुधबार (स्थानीय समयअनुसार) सार्बजनिक गर्न लागेको बताइएको छ। डिजिटल, यातायात, जलवायु र उर्जा योजना विकास गर्न ईयुले ‘मुर्त’डिजाइन बनाउन लागेको जानकारहरुले बताएका छन्। उनीहरुकाअनुसार अफ्रिका र एसियाका विभिन्न भेगहरुमा चीनको सो…
Read More
चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बुधबार आबेले एक थिंक ट्यांकलाई दिएको भर्चुअल कार्यक्रममा ताइवानको संकट जापानको पनि संकट हुने बताए । ‘ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ,’सम्बोधनका क्रममा आबेले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।’ पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताउँदै आएका छन् । ‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएका छन्…
Read More
युगान्डाको एकमात्र अन्‍तराष्ट्रिय विमानस्थल चीनको कब्जामा

युगान्डाको एकमात्र अन्‍तराष्ट्रिय विमानस्थल चीनको कब्जामा

बेइजिङ : चीनले युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको छ । युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको हो । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको तत्कालिन सरकारले सन् २०१५ मा सो विमानस्थल विस्तारका लागि चीनको एक्स्पोर्ट– इम्पोर्ट बैंकबाट २०७ मिलियन डल ऋण लिएको थियो । सात वर्षभित्र सो ऋण चुक्ता गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम युगान्डाले तोकिएको समयावधिभित्र ऋण तिर्न नसक्ने भएपछि चीनले सो अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको स्थानिय मिडियालाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय मिडियाले खबर छापेका छन् । चीनसँग सो सम्झौतामा पुनवार्ता गर्न गत मार्चमा राष्ट्रपति मुसेभेनीले पत्र पठाएकोसमेत…
Read More
अजेयराज सुमार्गीको टेलिकम कम्पनीको लाइसेन्स खारेज

अजेयराज सुमार्गीको टेलिकम कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो। असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो। कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषदबाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले पुनः अनुमतिपत्र खारेजीको निर्णय…
Read More
भारतको महावाणिज्य दूतावास रक्तदान शिविरको आयोजना

भारतको महावाणिज्य दूतावास रक्तदान शिविरको आयोजना

काठमाडौं । भारतको महावाणिज्य दूतावास वीरगंजले रक्तदान शिविरको आयोजना गरेको छ । दूतावास परिसर भित्र रक्तदान शिविरको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सव (भारत ७५) को अवसर र विश्व एड्स दिवस मनाउने क्रममा रक्तदान शिविरको आयोजना गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको हो । वाणिज्य दूतावास अधिकारी तथा कर्मचारीहरु माझ रक्तदान गर्ने अभ्यासलाई अभिप्रेरित गर्न र रक्तदान सम्बन्धी जनचेतना फैलाउन प्रतिबद्ध रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र महावाणिज्य दूतावासका सदस्यहरूलाई उनीहरूको अमूल्य योगदानको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.