Year: 2021

कांग्रेसमा को–कति बलियो ?

कांग्रेसमा को–कति बलियो ?

काठमाडौं । एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ। पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल (देउवा र इतरसमूह) बीच जिल्ला नेतृत्वमै कडा प्रतिस्पर्धा भएको छ। केही जिल्लामा तेस्रो धारका कृष्ण सिटौला पक्षले पनि नेतृत्व हात पारेको छ। कतिपय…
Read More
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् । संसदलाई छल्दै अध्यादेश ल्याउने गरेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।
Read More
प्रचण्डको अभिव्यक्तिले तरंग, देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको परमादेशबारे भयो यस्तो खुलासा

प्रचण्डको अभिव्यक्तिले तरंग, देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको परमादेशबारे भयो यस्तो खुलासा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा बुधबार भनेको एउटा भनाइ चर्चामा छ। उनले भनेका थिए, ‘न्यायपालिकाले लगाएको गुन कार्यपालिकाले तिर्नेछ, हामीले बिर्सियौं कि भन्ने नठानियोस्।’ सत्ता गठबन्धन दल नेकपा माओवादीका अध्यक्ष दाहालको यो भनाइले गत २८ असारको फैसलालाई संकेत गरेको बारका पदाधिकारी बताउँछन्। उक्त समय सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सो समय सर्वोच्चले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय पनि बदर गरेको थियो। उक्त समय बारका पदाधिकारीले पनि सेटिङमा भएको निर्णय भनेका थिए भने सर्वोच्चमा सेटिङ भएको भन्दै देशभर आन्दोलन र बिरोध पनि भए। अहिले…
Read More
बागलुङको एक विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय नै बन्द

बागलुङको एक विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय नै बन्द

बागलुङ । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना…
Read More
नौ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

नौ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई आज राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियालगायतका मुलुकमा क्रमिक रूपमा…
Read More
यस्तो छ मङ्सिर १७ गते शुक्रबारको राशिफल

यस्तो छ मङ्सिर १७ गते शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ…
Read More
‘विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई चीन पठाइयो’

‘विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई चीन पठाइयो’

एजेन्सी : विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ । मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ । ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । विभिन्न देशमा पक्राउ पारिएका आफ्ना नागरिकलाई ताइवानमै पठाउनु पर्ने ताइपेयले जनाउँदै आएको छ । तर, बेइजिङले भने ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ । सेफगार्ड डिफेन्डर्सले सन् २०१६ देखि सन् २०१९ सम्म सञ्चारमाध्यममा आएका रिपोर्टहरुका आधारमा सो प्रतिवेदन तयार पारेको हो । चीन पठाइएका ताइवानीको परिवार र वंश…
Read More
प्रचण्डलाई आफ्नै बोली बोझ

प्रचण्डलाई आफ्नै बोली बोझ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग आफ्नो गोत्र मिल्ने बताएका छन्। मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका दाहालले राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने अजेन्डासहित अघि बढिरहेको राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्। यसअघि दाहालले पतञ्जली योगपीठको भवन उद्घाटन कार्यक्रमलाई मण्डीखाटारमा सम्बोधन गर्दै योगगुरु रामदेवलाई वैज्ञानिक र क्रान्तिकारी भनेका थिए। ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला,अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदोरहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ,’ रामदेवको प्रशंसा गर्दै दाहालले भनेका…
Read More
कांग्रेसको प्रदेश अधिवेशन आज : सात प्रदेशमा को-कोबीच हुँदैछ भिडन्त ?

कांग्रेसको प्रदेश अधिवेशन आज : सात प्रदेशमा को-कोबीच हुँदैछ भिडन्त ?

काठमाडौं : देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई संघीय संरचना पनि त्यहीअनुसार ढालेको छ । जसअनुसार कांग्रेसले वडा, पालिका, प्रतिनिधिसभारप्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ । बुधबारसम्म कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । बिहीबार एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ । १४औँ महाधिवेशनपछि कांग्रेसले आफूलाई संघीय संरचनामा रूपान्तरण गर्न पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ । कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले सबै तयारी पूरा गरी प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको जानकारी…
Read More
राप्रपा एकता महाधिवेशन : थापा र लिङ्देनको टिममा को–को ?

राप्रपा एकता महाधिवेशन : थापा र लिङ्देनको टिममा को–को ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ। राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.