Year: 2021

२३०० मतगणना : धनराजको अग्रता कायमै, खड्का र भण्डारीबीच कडा प्रतिस्पर्धा, कसको कति मत ?

२३०० मतगणना : धनराजको अग्रता कायमै, खड्का र भण्डारीबीच कडा प्रतिस्पर्धा, कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ। हालसम्म २३०० सय मत गनिएको निर्वाचन समितिले जानकारी दिएको छ। मतगणनामा धनराज गुरुङ्गले अग्रता कायमै राखेका छन्। उनले ९६० मत ल्याएका छन्। दोस्रो स्थानमा डा चन्द्र भण्डारी रहेका छन्। उनले ८७० मत प्राप्त गरेका छन्। त्यस्तै पुर्ण बहादुर खड्काले ८४० मत ल्याउँदा विजयकुमार गच्छदारले ६६० मत ल्याएका छन्। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका चयनका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिको दौडबाट…
Read More
सांसदको गोली हानी हत्या

सांसदको गोली हानी हत्या

लागोस : उत्तर नाइजेरियाको कडुना राज्यका एक विधायकलाई सोमबार राजमार्गमा बन्दुकधारीहरूको एक समूहले गोली हानी हत्या गरेका स्थानीय अधिकारीले बुधबार बताएका छन्। काडुना राज्य सभाका सभामुख युसुफ इब्राहिम जाइलानीले सिन्ह्वालाई फोनमार्फत् दिएको जानकारी अनुसार राजधानी कडुना शहर र राज्यको अर्को शहर जरियालाई जोड्ने राजमार्गमा बन्दुकधारीहरूले सोमबार राति गरेको आक्रमणमा एक विधायकसहित केही व्यक्तिको मृत्यु भएको हो। 'यो दुःखद र पीडादायी घटना भएको छ, घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं,' उनले भने। नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमण एउटा प्रमुख सुरक्षा खतरा भएको छ। उक्त क्षेत्रमा पछिल्ला केही महिनाहरूमा मृत्यु र अपहरणका घटना बढेका छन्।
Read More
एमसीसी संसदमा पेस नगर्न चिनियाँ दबाब

एमसीसी संसदमा पेस नगर्न चिनियाँ दबाब

काठमाडौं । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न संसदमा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दवाब दिएको छ । चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दवाब दिएको हो । चीन सरकारका अधिकारीहरुले नेपालाक ठूला भनिएका सबै दललाई संसद्मा एमसीसी पेस नगर्न दवाब दिएको स्रोतको दाबी छ । सरकारले संघीय संसदको चालु अधिवेशनमा एमसीसी पेस गर्ने तयारी गरेको छ । संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ । सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका…
Read More
चीनको ‘आक्रामक कार्य’विरुद्ध गठबन्धनलाई थप बलियो बनाउँनुपर्छः अमेरिकी विदेशमन्त्री ब्लिन्केन

चीनको ‘आक्रामक कार्य’विरुद्ध गठबन्धनलाई थप बलियो बनाउँनुपर्छः अमेरिकी विदेशमन्त्री ब्लिन्केन

एजेन्सी । इन्डो-प्यासिफिक क्षेत्रमा चीनको 'आक्रामक कार्यहरू'बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन 'नियममा आधारित आदेशको रक्षा गर्नु' पर्नेमा जोड दिएका छन्। उनले भने देशहरूलाई 'आफ्नो बाटो रोज्ने' अधिकार हुनुपर्छ। इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिको रूपरेखा प्रस्तुत गर्दै इन्डोनेसियाको दुई दिने भ्रमणमा रहिरहेका ब्लिन्केनले भने, 'हामी हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर दशकौंदेखि मिलेर बनाएका नियमहरूमा आधारित व्यवस्थाको रक्षा गर्न काम गर्नेछौं र ती क्षेत्र खुला र पहुँचयोग्य रहनेछन्।' 'नियममा आधारित आदेशको रक्षा गर्ने लक्ष्य कुनै पनि देशलाई तल राख्नु होइन बरु बलजफती र धम्कीबाट मुक्त सबै देशहरूको आफ्नो बाटो रोज्ने अधिकारको सुनिश्चितता गर्नु हो,'…
Read More
शिर झुकाउन परे झुकाउन तयार छौँ, तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

शिर झुकाउन परे झुकाउन तयार छौँ, तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

काठमाडौं : भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-नेपाल सम्बन्धलाई विगार्न शक्ति केन्द्रहरु लागेको भन्दै दुई देश बिचको सम्बन्ध बिग्रन नदिने बताएका छन्। भारतको देहरादुनमा महिना दिन लामो शहीद सम्मान यात्राको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएको एएनआईले जनाएको छ। ‘त्यहाँ केही त्यस्ता शक्तिहरु छन् जसले नेपालसँग भारतको सम्बन्धलाई बिगार्न चाहन्छन्। सरकारको एक प्रतिनिधिको हैसियतले म तपाईँहरुलाई भन्न चाहन्छु कि यदि हामीले शिर झुकाउन परे हामी त्यसका लागि तयार छौँ। तर, हामीले हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिने छैनौँ,' उनले भने।
Read More
कांग्रेस महाधिवेशन दोस्रो राउण्डमा प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

कांग्रेस महाधिवेशन दोस्रो राउण्डमा प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ । पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत मात्र पाएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याए पनि उनको पक्षमा ५० प्रतिशत मत नपुगेपछि दोस्रो राउण्डमा सबैभन्दा बढी ल्याउने देउवा र शेखरबीच भिडन्त हुने भएको हो । सिंह निधि र गुरुङ भने अबको प्रतिस्पर्धामा सहभागी…
Read More
देउवाले पाएनन् बहुमत, दोस्रो चरणमा कोइरालासँग पुनः प्रतिस्पर्धा

देउवाले पाएनन् बहुमत, दोस्रो चरणमा कोइरालासँग पुनः प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन्। त्यसकारण अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । अब आउट भएका उम्मेदवारहरुले कसलाई सहयोग गर्छन् त्यो भने…
Read More
कांग्रेस महाधिवेशन : को–को बन्लान् कांग्रेसको महामन्त्री ?

कांग्रेस महाधिवेशन : को–को बन्लान् कांग्रेसको महामन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। तीन युवासहित ६ नेता महामन्त्रीका लागि प्रतिस्पर्धामा छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि सहकार्य गर्दै आएका युवा नेतात्रय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल महामन्त्रीका प्रतिस्पर्धी हुन्। तीन फरक समूहबाट उनीहरू महामन्त्रीको उम्मेदवार बनेका छन्। देउवा समूहबाट प्रदीप, शेखरबाट गगन र सिंहबाट विश्व महामन्त्रीको उम्मेदवार बनेका हुन्। उनीहरूसँगै अघिल्ला पुस्ताका तीन डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की पनि महामन्त्रीकै प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धामा रहेका ६ उम्मेदवार मध्य गगन र विश्व महाधिवेशन प्रतिनिधिमाझ लोकप्रिय देखिएका छन्। उनीहरूको तुलनामा…
Read More
३७३९ मत गनियो : देउवाले ल्याए १७९८ मत, अरुले कति ?

३७३९ मत गनियो : देउवाले ल्याए १७९८ मत, अरुले कति ?

काठमाडौं । कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म ३ हजार ३ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । सोमबार बिहान ११ बजे सुरु भएको मतदान राति…
Read More
कांग्रेस महाधिवेशन : देउवा ३ सयभन्दा बढी मतले अगाडि

कांग्रेस महाधिवेशन : देउवा ३ सयभन्दा बढी मतले अगाडि

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानकाके मतगणना जारी छ। अहिलेसम्म ३१७७ मत गनिसक्दा देउवाले १५०७ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११६४ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १९० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १६ मत मात्र प्राप्त भएको छ । सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.