Year: 2021

गृह प्रदेशमै विमलेन्द्र निधिको प्यानल पदाधिकारीमा ‘क्लिन स्वीप’

गृह प्रदेशमै विमलेन्द्र निधिको प्यानल पदाधिकारीमा ‘क्लिन स्वीप’

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतदान सम्पन्न भएको छ । निर्वाचनको मतपरिणाम अनुसार पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका सबैजनाले पदाधिकारीमा जित हासिल गरेका छन् । पार्टीका नेता विमलेन्द्र निधिको गृह प्रदेश भए पनि उनको प्यानलबाट पदाधिकारीमा कसैले जित हासिल गरेनन् । प्रदेश सभापतिमा कृष्णा यादव विजयी भएका छन् भने उपसभापति, महामन्त्री, सह–महामन्त्रीमा समेत उनकै प्यानलबाट सबैले जित हासिल गरेका छन् । विमलेन्द्र निधि–शेखर कोइरालाको समूहबाट सभापतिमा उम्मेदवारी दिएका रामसरोज यादवलाई १ सय ४१ मतान्तरले देउवा समूहका कृष्ण यादवले शुक्रवार बिहान विजयी हासिल गरेका थिए भने बाँकी पदको मतगणनामा समेत उनकै…
Read More
माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ। पार्टी स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए । सम्मेलनको तयारीस्वरुप शनिबार अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए । माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार विहान ८ बजे बस्दैछ ।
Read More
आज पौष ११ गते आइतबारको राशिफल

आज पौष ११ गते आइतबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइने र स्वादिष्ट भोजन पनि…
Read More
यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका चार निर्णय

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका चार निर्णय

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चार वटा निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । उनका अनुसार बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिने देखि निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्मको अधिकार दिने बारे निर्णय गरेको छ । बैठकबाट पारित निर्णयको पूर्णपाठ पुस १०, २०७८ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भयो । बैठकले…
Read More
भारतीय महावाणिज्य दूतावासद्वारा गुनासो सुनुवाई कार्यक्रम

भारतीय महावाणिज्य दूतावासद्वारा गुनासो सुनुवाई कार्यक्रम

काठमाडौँ । वीरगञ्जस्थित भारतीय महावाािणज्य दूतावासले शनिबार गुनासो सुनवाई कार्यक्रम आयोजना गरेको छ । भारतीय स्वतन्त्रताको अवसर पारेर महावाणिज्य दूतावासले ‘आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, कन्सुलर शिकायतों के लिए खुला मंच’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमकाे अध्यक्षता कन्सुल जनरल नितेश कुमार गरेका थिए । दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय नागरिकले राखेका विभिन्न प्रश्नको जवाफ कन्सुल जनरल नितेश कुमार दिए। कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयले राखेकाे गुनासो सम्बोधन गरिएको थियो ।
Read More
प्रेमी रोहमनसँग सुस्मिता सेनको ब्रेकअप

प्रेमी रोहमनसँग सुस्मिता सेनको ब्रेकअप

मुम्बई : अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ । सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् । सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो । सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन् । रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ । सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन् । उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए । रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ । दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन् ।
Read More
नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

काठमाडौँ। नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने । चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन । विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित)समेत यसरी ठगिएका छन् । यस्तै बीपी…
Read More
राजनीतिमा लागेका करिब ४ सय शिक्षकले दिए राजीनामा

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले दिए राजीनामा

काठमाडौँ। सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै स्थानीय तहमा पत्र पठाएपछि सामुदायिक विद्यालयमा अध्यापनरत करिब ४ सय शिक्षकले राजीनामा दिइसकेका छन् । राष्ट्रिय किताबखानाका महानिर्देशक रामराज खकुरेलले हालसम्म करिब ४ सय शिक्षकले पदावधि सकिनुअगावै राजीनामा दिएको जानकारी दिए । राजीनामा बुझाउने अधिकांश शिक्षक विभिन्न दलसँग आबद्ध रहेको, आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने देखिएका छन्…
Read More
कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

काठमाडौँ। नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापति पक्षका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे । कांग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । सभापतिमा कृष्ण प्रसाद यादव निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो । १ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको…
Read More
‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी

‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् ।आफ्नो व्यक्तिगत कुरासँग गलत समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै वर्षाले केहीदिन अगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छिन् । ‘आफ्नै सम्पतिले किनेको घर अरुले किनिदिएको भनेर कार्यक्रममा गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् । गलत र भ्रामक समाचारले परिवार र आफन्त सबै दु:खी भएको बताएकी छिन् । आफ्नो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’ निवेदकको विषयमा विकास बोर्डमा छलफल भइरहेको बताएकी शिवाकोटीले अझै अगाडि बढ्नुपरे तयार रहेको सुनाइन् । अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.