Year: 2021

माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट

माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएकाे महाधिवेशन बिहान ११ बजेका लागि तय भएकाे छ । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेकाे छ। १६ सय बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
Read More
वामदेवले गरे प्रचण्डकाे प्रशंसा

वामदेवले गरे प्रचण्डकाे प्रशंसा

काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'काे प्रशंसा गरेका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीकाे आठाैं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनकाे प्रशंसा गरेका हुन् । सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएकाे छ, 'उहाँकाे मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नाे मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनकाे तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयाे ।'
Read More
आज पौष १२ गते सोमबारको राशिफल

आज पौष १२ गते सोमबारको राशिफल

काठमाडौँ । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । बृष लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ । मिथुन नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका…
Read More
चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमित

चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमित

एजेन्सी - चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा भएको थियो । सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोनाभाइरस विरुद्धको खोप पनि उत्पादन गरेको छ । चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् । अहिले फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन…
Read More
चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ : क्यानडाका प्रधानमन्त्री

चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ : क्यानडाका प्रधानमन्त्री

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक रहेको बताएका छन् । चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको साधनका लागि जोड दिइरहेको बताउँदै उसलाई रोक्नका लागि एकजुट हुन आवश्यक रहेको ट्रुडोले बताए । ग्लोबल च्यानलसँगको अन्तर्वार्तामा क्यानडाका प्रधानमन्त्रीले चीन आर्थिक अवसर हासिल गर्नका लागि जे पनि गर्न सक्ने बताए । ट्रुडोले भने, ‘हामी सामना गरिरहेका छौँ र चीन समय–समयमा निकै छलपूर्वक मुक्त बजारमा सबैसँग आफ्नो खेल खेलिरहेको छ । हामीले यस मामिलामा अझ राम्रो गर्न आवश्यक छ । हामी एकजुट हुन आवश्यक छ, जसका कारण चीनले हामीलाई आपसमा बाँड्न नसकोस् ।’ सन् २०१८ पछि चीन र…
Read More
‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्। स्वास्थ्य मापदण्ड पालना छैन। कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए। सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो। अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन्। सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ। कैलालीको गौरीफन्टा नाका हुँदै सहजै…
Read More
शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने दाउमा महिला भलिबल टोली

शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने दाउमा महिला भलिबल टोली

काठमाडौं : एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल १:१५ मा हुनेछ । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा छ भने उज्वेकिस्तान नौ अंक जोड्दै शिर्ष स्थानमा छ । सात अंक जोडेको श्रीलंका तेस्रो स्थानमा र तीन अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । बंगलादेश र माल्दिभ्स अंकविहीन छन् । साविक विजेता टोलीले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्व ३-२ को जित निकाल्दै…
Read More
एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट बिचलित हुन खोजेको आरोप

एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट बिचलित हुन खोजेको आरोप

लण्डन : गैरआवासीय नेपाली संघको आइतवार र सोमवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो । निर्वाचन गरिने भन्दै पटक पटक प्रतिबद्धता जनाएका पन्तलाई निर्वाचन प्रकृयाबाट बिचलित हुन् खोजेको आरोप लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ । निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन…
Read More
पुस १३ गते विभिन्न पार्टीसँग एकता गर्ने माधव नेपालको उद्घोष

पुस १३ गते विभिन्न पार्टीसँग एकता गर्ने माधव नेपालको उद्घोष

दाङ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन्। दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं। स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।' कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनले बताए। अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताए। उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए। 'तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन। तर…
Read More
आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.