निषेधाज्ञाको अवज्ञा गरेर हिड्डुल गर्ने ८ जना पक्राउ, ३ जना जेल

रुपन्देही । जिल्लामा कोरोना भाइरस संक्रमण बढेपछि स्थानीय प्रशासनले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ।

यसैमा निषेधाज्ञाको अवज्ञा गरेर हिड्डुल गर्ने आठ जनालाई पक्राउ गरी कारवाही गरिएको छ। निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई बुझाई गर्दा पनि डिउटीमा प्रहरीलाई बाधा अवरोध पुर्याउने आठ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी एंव प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौँमा ५२ वर्षीय हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ का ३४ वर्षीय महेन्द्र कोहार, मायादेवी ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका ९भैरहवा० ८ का २८ वर्षीय श्याम दुबे, सिद्धार्गजगरका ९ का ३८ वर्षीय ईरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुवँर र ३४ वर्षीय प्रेम कुवँर रहेका छन्।

पक्राउ परेकालाई आवश्यक कारवाहीका जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरु मध्ये ७ जनालाई जनही एक महिना कैद वा सो बराबरको जरिवाना ९ हजार एक सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए।

जसमध्ये ५ जनाले कैद र जरिवाना बापतको रकम दाखिला गरेपछि छाडिएको र अन्य ३ जना दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहारले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाउदाँ उनीहरुलाई सजाए भुक्तानका लागि भैरहवा कारागारमा पठाइएको डीएसपी थापाले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.