सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशमा आज थप ४९६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८० हजार ५२४जना पुगेको छ । हाल ८५ जना क्वारेन्टाइन र १३ सय ६ जना आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।











Facebook Comments