देशमा थप ४९६ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ४९६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ४९६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ । हालसम्म २३ लाख १७ हजार २८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हाल तीन हजार ३०६ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments