पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ

काठमाडौं । सांसद पद गुमाएका चार नेताले फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।

सांसद पद गुमाएका चार नेताले फेरि मन्त्री पदको शपथ लिने कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका छन् ।

माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका चारैजना मन्त्री हुन्। नेकपा माओवादी केन्द्रले चारैजनालाई दलबाट निश्कासनको कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद् बैठकमा सार्वजनिक गरेपछि उनीहरुको सांसद पद खारेज भएको थियो।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

Facebook Comments