काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिश गरेको हो ।
कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने सिफारिश गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पनि विद्यालयहरु अब बन्द गर्ने जनाएका छन् । यद्धपी पठनपठान भने भर्चुअल माध्यमबाट सूचारु हुने उनको भनाई छ । उनले स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्न सुझाएका छन् ।












Facebook Comments