भारतमा एकैदिन १ लाख ३१ हजार संक्रमित थपिए

भारत । कोरोना संक्रमितको संख्या अहिले सम्मको सबैभन्दा धेरै देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या यो वर्षको सबैभन्दा धेरै हो ।

त्यहाँ २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमित फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ । राजधानी दिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुले कोरोना खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

Facebook Comments