नयाँ वर्षमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

भक्तपुर । नयाँ वर्षमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदाललते अन्तरिम आदेश जारी गरेको छ।

भक्तपुकार स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

जात्रा रोक्ने निर्णय कार्यान्वन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई सर्वोच्च अदाललते आदैश दिएको जनाइएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न भनेको हो। जात्रा रोक्ने प्रशासनको निर्णयप्रति भक्तपुरकार स्थानीय बासिन्दा एवं गुठियारहरु आक्रोशित थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.