मानवअधिकार सञ्जालले पुल्चोकमा म्यानमार नरसंहारको विरोधमा प्रदर्शन

    काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा आज प्रदर्शन भएको छ ।

    म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि आज बिहान प्रदर्शन भएको हो ।

    यूएनको कार्यालय अगाडि प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा प्रदर्शन गरेको छ ।

    उनीहरु म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर, नागरिक शासन बहाली गर, शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर लगायतका नारा लेखिएको व्याना र तथा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    Facebook Comments