लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । नगद लुटपाट गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

बुधबार दिउँसो काठमाडौं खिचापोखरीस्थित ग्लोबल जिप्याङ टुअर एण्ड ट्राभल नामक आएमईका कर्मचारी दिपक मल्लको साथबाट नगद लुटपाट गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।

कर्मचारी मल्लको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं नयाँबानेश्वर बस्ने दाङ लुल्सीपुर घर भएका १७ वर्षीय किशोर लगायत ४ जनालाई प्रहरीले पक्राउ परेको छ ।

आएमईमा अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई कर्मचारीको साथबाट नगद लुटी लगेको खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद ५९ हजार ७ सय रुपैयाँ सहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जनाएको छ ।

Facebook Comments