काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपालमा विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही भएको बताएका छन् ।
समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता भट्टराईले नेपालमा विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही भएको बताएका हुन् । उनले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।
ट्वीटरमा भट्टराईले ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकालस् विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’लेखेका छन् ।
Facebook Comments