देशमा थप १५२ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप १५२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १५२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ । हालसम्म क्वारेन्टाइमा ६३ जना र १५ सय ७९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म २२ लाख ७५ हजार ५४० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Facebook Comments