एमाले नेतृ सरिता गिरी भन्छिन्ः पार्टी प्रती वफादार, कर्मठ भएर लड्नु पर्छ

सप्तरी । एमाले नेतृ एवं सांसद सरिता गिरीले पार्टीप्रती वफादार भएर लड्नु पर्ने बताएकी छन् ।

हिजो मंगलबार जिल्लाको कंचनरुप नगरपालिका स्थितको धारापानीमा आजोजना गरिएको भेटघाट कार्यक्रममा सांसद गिरीले पार्टीप्रती वफादार भएर लड्नु पर्ने बताएकी हुन् ।

भेटघाट कार्यक्रममा सांसद गिरीले केही साथिहरु मन छोटो बनाएको धारणा राख्दै पर्टीमा आफ्ना अग्रजहरुको योगदान बारे जानकारी गराउँदै ‘हामी निरन्तर रुपमा पार्टी प्रती वफादार, कर्मठ भएर लड्नु पर्छ । अवस्य अगाडी बढ्छौं ।’ भनेकी छन् ।

सांसद गिरीले आफुहरुको सरकार (ओली नेतृत्वको सरकार)ले तीन वर्षमै धेरै प्रगति गरेको बताएकी छन् । गिरीले भनिन् ‘सम्मानिय केपी शर्मा ओली ज्युको नेतृत्वमा आएसँगै देशमा धेरै प्रगति भएको छ ।’

साथै गिरीले देशमा रोकिएका ठु-ठुल्ला योजना सुरु भएको बताएकी छन् । उनले ‘हुलाकी राजमार्ग, फस्टट्रयाक, मेलम्ची खानेपानी, सुनकोशी मनी डाएभर्सन, अन्तर्राष्ट्रिय बिमान स्थल लगायतको ठु-ठुल्ला योजना सुरु भएको छ ।’ भनेकी छन् ।

पार्टि भित्र कुहेश लागेको र अब हटिसकेको पानी बताएकी छन् । ‘३ वर्ष देखि पार्टि भित्र कुहेश लागेको थियो र हामी अल्झीएका थियौं । अब हटिसक्यो । ’ उनले थपेकी छन् । साथै पाटीका कार्यकर्ताहरुलाई आ आफ्नो संगठनमा जोड दिन भनेकी छन् । अहिलेको जस्तै २ तीहाइको सरकार पुनः ल्याउनु पर्ने पनि उनले धारणा राखेकी छन् ।

Facebook Comments