म ठोकुवा गरेर भन्छु, रेशम चौधरी निर्दोष हुन् : सांसद गंगा थारु

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा सत्गौंवा थारुले रेशम चौधरी निर्दोष भएको बताएकी छन्। उनले संसदको बैठकको विशेष समयमा बोल्दै रेशम चौधरी अपराधि रहेको भ्रम फैलाइएको आरोप लगाइन्।

‘रेशम चौधरी अपराधि हो भनेर दुनियाँमा भ्रम फैलाइएको छ। तर टीकापुर घटना हुँदा त्यहाँ थिएनन्, बर्दियामा थिए। टीकापुर घटनामा उनको कुनै संलग्नता नरहेको म ठोकुवा गर्न चाहन्छु,’ उनले भनिन्।

उनले टीकापुर घटनालाई राजनीतिकरुपमा हेर्न सबैलाई आग्रहसमेत गरिन्। ‘टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर जेलबन्दी बिताइरहेका सबै थारुलाई रिहाइ गर्न माग गर्दछु,’ उनले भनिन्।

उनले सरकार थारु कल्याणकारिणी सभाबीच भइरहेको वार्ताले सार्थकता पाओस् भनी शुभकामना पनि गरिन्। ‘टीकापुर घटनामा अभियोग लगाइएका ५८ जना नै निर्दोष हुन्। सरकारले थालेको वार्ताले सार्थकता पाओस् र उनीहरुविरुद्धको झुटा मुद्दा खारेज गरियोस्,’ उनले भनिन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.