काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिस्ट पार्टीमा स्वार्थ र सत्ताको लडाईं भइरहेको बताएका छन्। बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन्।
‘अहिले कम्युनिस्ट पार्टीमा स्वार्थ र सत्ताको लडाईं छ। उनीहरूको आपसी लडाईंले अहिलेको परिस्थिति सिर्जना भएको हो। वहाँहरुको लडाईमा हामीले के गर्ने भन्ने मेरो मेरो प्रश्न हो। जहाँसम्म हाम्रो मुद्दाको प्रश्न छ, विगतका सबै प्रधानमन्त्रीसँग लिखित सम्झौता भएको छ। ओलीबाहेक,’ अध्यक्ष ठाकुरले भने, ‘हाम्रा सांसद जेलमा छन् कहिले रिहा हुन्छन् भन्ने हाम्रो प्रश्न हो। प्रदेश सांसद र मेयरमाथि मुद्दा छ। हाम्रो माग सम्बोधन होस् अनि मात्र के गर्ने भनेर निर्णय गर्छौँ?’
टीकापुर घटनामा जेल परेका सबैलाई रिहा गर्नुपर्ने आफूहरूको पुरानै माग गरहेको उनले दोहोर्या ए। ‘प्रधानमन्त्रीले गर्न सक्ने गर्छु भन्नु भएको छ। तर हाम्रो भनाई गरेर देखाइदिनुस्। सबै आन्दोलनबाटै आएका हौँ। थारु र मधेशी मात्र जेलमा छन्,’ अध्यक्ष ठाकुरले भने ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफूहरूसँग अविश्वासको प्रस्ताव नल्याउने बताएको उनले उल्लेख गरे। ‘प्रधानमन्त्री बन्ने अफर आए स्वीकार गर्छु भन्नुभयो शेरबहादुरजीले,’ उनले भने, ‘हाम्रो कारणले केही बिग्रेको छैन।’
Facebook Comments