हङकङद्वारा चिनियाँ कम्पनीले बिक्री गरेको खाेपमा रहेकाे त्रुटिकाे छानबिन

काठमाडौँ । हङकङले चिनियाँ कम्पनीले विक्री गरेको कोरोना भाइरसविरुद्धको खोपमा रहेको त्रुटिहरु छानबिन गर्ने भएको छ। उक्त खोप लगाएका एकजनाले मृत्यु भएपछि छानबिन गर्न लागिएकोे हो।

जर्मनीमा निर्मित फाइजर र बायोटेकको कोरोना भाइरसविरुद्धको खोप हङकङ र मकाउमा प्रयोग गरिएको हो । बायोटेकको खोप हङकङ र मकाउमा चीनको फोसुन फार्माले वितरण गरेको हो। आगामी सातासम्म छानबिनको प्रारम्भिक निष्कर्ष आउने साउथ चाइना मोर्निङ्ग पोस्टले जानकारी दिएको छ।

यता सिभिल सर्भसि प्याट्रिक नीपले भने यदि खोपमा समस्या भए थप बिकसित गरेर पठाउन आग्रह गरेको छ। बायोटेकले मार्च २४ मा अनुसन्धान सम्पन्न नभएसम्म थप खोप रोक्ने निर्णय गरिसकेको छ। तर, अन्य क्षेत्रमा पठाइएको कुनै पनि डोज यस अनुसन्धानबाट प्रभावित भने हुनेछैन।

एससीएमपीको रिपोर्ट अनुसार अप्रिलको मध्यभन्दा पहिले नागरिकलाई दोस्रो डोज दिनुपर्ने हुन्छ। ‘हामी दोस्रो डोज लिन चाहनेलाई प्राथमिकता दिनेछौं। बायोटेकको खोप अभियान पुनः सुरु गरिसकेपछि नयाँ समयर ठाउँहरू तोक्छौं,’ नीपले भनेको छ।

हङकङ र मकाउले बुधबार बायोटेकको खोपको प्रयोग रोकेको छ। बिहीबार हकङकमा कोरोना भाइरसविरुद्धको खोप लगाएका थप दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य ९ जनाको अनुहार प्यारालाइसिस भएको थियो।

‘हङकङ फ्रि प्रेस’का अनुसार योसँगै कोरोना खोप लगाएर मृत्यु हुनेको संख्या १० पुगेको छ। जसमध्ये नौ जनाले चीनमा निर्मित सिनोभ्याक खोप र एकजनाले जर्मनमा निर्मित फाइजर र बायोएनटेकको खोप लगाएका थिए।

यस्तै यसअघि खोप लगाएपछि दुईजनाको अनुहार प्यारालाइसिस भएको थियो। अनुहार प्यारालाइसिस हुने नौजनामध्ये आठले सिनोभ्याक्सको खोप लिएका थिए भने अर्को एकले बायोटेकको खोप लिएका थिए।

Facebook Comments