काठमाडौं । पछिल्लो समय विश्वका केही देशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । केही समयअघि कम कोरोना संक्रमित फेला परेका भारत लगायतका देशमा फेरि संक्रमितको संख्या बढ्न थालेको छ ।
कोरोनाका कारण विश्वका विभिन्न देशका धेरै नागरिकले ज्यान गुमाइरहेको छन्। अहिले विश्वका विभिन्न देशमा कोरोना खोप पनि लगाउन शुरु गरिएको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड ५४ लाख २४ हजार १ सय ३६ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ लाख ५६ हजार ६ सय ६२ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा १० करोड ८ लाख २७ हजार ६ सय ९७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख ५८ हजार ४ सय २२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ७ लाख ४ हजार २ सय ९२ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३ लाख १ हजार ८७ पुगेको छ भने संक्रमितको संख्या १ करोड २२ लाख २७ हजार १ सय ७९ पुगेको छ ।
Facebook Comments