बारा । मुलुकको आर्थिक बिकासमा निजी क्षेत्रको ठूलो लगानी रहेको यातायात क्षेत्रले मुलुक मैं ठुलो रोजगार दाताको रुपमा स्थापित भएको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । उनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाखौं व्यक्तिहरुलाई रोजगार सिर्जना गरेकोले यातायात क्षेत्रलाई सबै क्षेत्रबाट आवश्यकीय सहयोवगात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मुख्यमन्त्री राउतले यातायात क्षेत्रको सुदृढीकरणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले आ–आफ्नों क्षेत्राधिकार भित्र रही गोलबद्ध तरिकाले काम गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले यातायात क्षेत्र बिकासका लागि कुनै पनि कसर बाँकी नराखी सहयोग गर्न आँफु तत्पर भएको प्रतिबद्धता समेत गरे ।
यसैगरी माननीय प्रतिनिधि सभा सदश्य कृष्ण कुमार श्रेठले आँफु पनि यस क्षेत्रको व्यासायी भएकोले यातायात सुदृढीकरणका लागि केन्द्रलाई घच्घच्याउँन यातायात व्यवसायी टिमसँग अगुवाई गर्ने प्रतिबद्धता गरे ।
तराई यातायात संघका अध्यक्ष शंकर बिष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रक व्यावसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, दूई नम्वर प्रदेशका सभासदहरु, यस क्षेत्रका संबिधान सभा सदस्यहरु लगायतले कार्यक्रमा बोलेका थिए।












Facebook Comments