काठमाडौँ । नेकपा एमालेका माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न लागेकोले एकताका लागि भेला डाकेको बताएका छन् ।
नेपाल समूहले भोलि र पर्सी राष्ट्रिय भेला बोलाएको छ ।
‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो,’ भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेले भने, ‘एकलौटी गरिएका निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन । हाम्रो भेला पार्टीको विधानसम्मत छ ।’
पार्टीको विधानमा भेला, समारोह र छलफल गर्ने अधिकार दिएको पाण्डेको दाबी छ ।
Facebook Comments