बदालसहित २३ नेतामाथि प्रचण्डले लिए यस्ताे कडा एक्सन!

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ ।

शनिबार बिहान ९ बजे माओवादीले पार्टी कार्यालय पेरिसडाँडा बैठक बोलाएको हो ।

शुक्रबार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली माओवादीका नेता रामबहादुर थापासहितका २३ जनालाई एमालेको विभिन्‍न पदमा मनोनियत गरेका थिए ।

त्यसलगत्तै माओवादीले आकस्मिक बैठक बोलाएको हो । एमालेमा गएका माओवादीका नेताहरूको सांसद पद पनि खारेज गर्ने तयारी माओवादीको छ ।

त्यस्तै आजको बैठकमा पछिल्‍लो राजनीतिक घटनाक्रम र सत्ता समिकरणबारे छलफल हुने बताइएको छ ।

Facebook Comments