मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रले दियो निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

शनिवार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु शाह, मणि थापा र दावा लामा रहेका छन् ।

Facebook Comments