माधव नेपालले लगाए ओलीमाथि गम्भीर आरोप

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ ।

बुधबार नयाँ बानेश्वरको अर्याल होटलमा बसेको माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले चाँडो पार्टी कमिटीहरु क्रियाशील बनाउन अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ ।

बैठकले ओली समूहका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएको छ ।

बैठकमा झलनाथ खनाल, माधव कुमार नेपाल लगायत शीर्ष नेता तथा कार्यकर्ताको उपस्थिति रेहको थियो । सर्वोच्च अदालको फैसलासँगै व्युँतिएको एमालेमा ओली समूह र नेपाल समूह गरी दुई समूहमा रहेका छन् ।

Facebook Comments