झापा । नेपालको पूर्वी नाका काँकडभित्ताबाट २ किलो लागुऔषध (अफिम)सहित २ जना भारतीय महिला पक्राउ परेका छन् । बुधबार बिहान विशेष सुराकीका आधारमा नेपाल प्रहरी लागूऔषध ब्युरोका एसपी ऋषिराम कँडेलको नेतृतवमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत पश्चिम मनिपुर स्थायी ठेगाना भएकी ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत पश्चिम वंगाल ठेगाना भएकी ३८ वर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।
उनीहरुलाई भारतबाट २ किलो अफिमसहित नेपाल भित्रन लागेको सुराकीमार्फत थाहा पाएपछि प्रहरीले निगरानी बढाएको थियो । सोही अनुुरुप आज बिहान साढे १० बजे उनीहरुलाई काँकडभित्ता नाकाबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । सो नाका हुँदै पछिल्लो समय भारतबाट लागूऔषध ओसारपसार भइरहेको छ ।
पक्राउ परेका उनीहरुमाथि लागूऔषध ओसारपसार सम्बन्धी ऐनमा रहेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Facebook Comments